काठमाडौं - शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । बिहीबार नै पक्राउ गरिएका न्यूज२४ का सञ्चारकर्मी युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीलाई समेत अदालत उपस्थित गराइएको हो । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको छ…