काठमाडौं— बिहीबारदेखिको झरी आइतबारसम्म लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य र पूर्वी नेपालको तराई र पहाडी क्षेत्रमा अबिरल वर्षा हुँदा हालसम्म बाढीपहिरोमा परी १७ जनाले ज्यान गुमाएका छन्। मौसम विज्ञान विभागका अनुसार २४ घन्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिमरामा भएको छ। सिमरामा ३ सय ११ मिलिमिटर वर्षा भएको हो। काठमाडौंमा…