गुठी विधेयक संविधान विपरीतः कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो…