काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु…