विश्वकप क्रिकेट लिग २ : नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत नेपालले सोमबार स्कटल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । यसअघि शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ । यसअघि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार…