इरानको सपिङ मलमा आगलागी, ८ जनाको मृत्यु, ३६ जना घाइते

काठमाण्डु- इरानको अन्डिशे सहरको अर्गावन कमर्शल कम्पलेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्डिशे अर्गावन कमर्शल कम्प्लेक्स इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको छ । आगलागीमा परि ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ । २५० भन्दा बढी व्यापारिक एकाइहरु सञ्चालनमा रहेको भवनमा स्थानीय समय अनुसार…