काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले मध्य पृतना हेडक्वार्टर अन्तर्गत भरतपुर ब्यारेक चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०८० को आज शुक्रबार उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले अवकाशप्राप्त एवं बहालवाला सैनिकहरू एकाघरका परिवार रहेको उल्लेख गर्दै संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अग्रजहरूले निर्वाह गरेको निस्वार्थ तथा गहन भूमिकाको प्रशंसा जति गरे…