काठमाण्डु - नेपाली सेनाले आज सेना दिवस मनाएको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा काठमाण्डुस्थित सैनिक मञ्च टुडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको हो । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक स्मारकमा पुष्पहार अपैण गरिन् । उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा उपराष्ट्रपति…