संसद विघटन मुद्धा : सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाण्डु – सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाको फैसला गर्ने तयारी गरेको छ । रिट निवेदक, सरकारी वकिलका बहस, निवेदकका जवाफी बहस र एमिकस क्युरीको राय दिने प्रक्रिया लगायत सबैको सुनुवाई २१ गते सकिएपछि आजसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र…