काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपत व्यवस्थापनसम्बन्धी सैन्य अभ्यास हुने भएको छ । उक्त सैन्य अभ्यासमा दुई दर्जनभन्दा बढी मुलुकहरु सहभागी हुने बताईएको छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’(डिआरईई) नामाकरण दिइएको उक्त सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । सैन्य अभ्यास…