काठमाण्डु – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले ६ जनाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव…