काठमाडौं–निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरूको आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। प्रमुख निर्वाचन आयुक्तको घरमा आइतबार बेलुका बम बिस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षाको प्रबन्धको माग गरेकाे हाे। यसैबीच, यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ। आयोगले विज्ञप्ति जारी गरी भर्खरै मात्र…