चितवन– जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो । कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर…