फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली यथावत्

काठमाण्डु- फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ। नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ। नेपालपछि…