काली नदी वारी नेपालकै हो, तत्काल भारतीय सेना फिर्ता पठाउनुपर्छः शेरबहादुर देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काली नदी वारीको भूभाग नेपालकै भएको बताएका छन् । उनले नेपाली भूमिको विषयमा कुनै विवाद नै नरहेको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए । ‘काली नदी वारीको भूभाग नेपालकै हो ।…