काठमाण्डु– आईसीसी विश्वकप लिग २ मा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ९४, आरिफ शेखले ४३, अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, गुलशन झाले १७ रन बनाए ।…