विराटनगर – सशस्त्र प्रहरीले मोरङबाट स्रोत नखुलेको ९ लाखभन्दा बढी रुपैयाँसहित १ युवकलाई पक्राउ गरेको छ । आज शुक्रबार दिउँसो विराटनगर–१४ बाट २६ वर्षीय कृष्ण चौधरीलाई स्रोत नखुलेको ९ लाख १७ हजार ७५५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ थापाले विराटनगर–१४ बर्मा टोलका बासिन्दा चौधरीलाई मन्ठा पोखरी…