काठमाण्डु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । घरमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, ८ महिनाका छोरा रहर र ९ वर्षकी छोरी अप्सरा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले…