काठमाण्डु – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ) लाई पक्राउ गरेको छ । आज मंगलबार कार्कीसँग समय मागेर प्रतिष्ठानका विषयमा कुरा गर्न पुगेका ३ जनाको समूहले १…