काठमाण्डु – प्रहरीले शुक्रबार बिहान अपहरणमा परेका एक ब्यक्तिलाई सकुशल उद्धार गरेको छ । काठमाण्डुको टोखाबाट आज बिहान १० बजे अपहरणमा परेका रामबाबु शाहलाई महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको लोकन्थलीबाट दिउँसो १ बजे सकुशल उद्धार गरेको हो । आफ्ना बाबुलाई चार–पाँच जनाको समूहले अपहरण गरेको र २५ लाख फिरौती रकम मागेपछि साहका छाेराले प्रहरीलाई खबर…