स्रोत नखुलेको ११ लाख ५० हजार सहित एकजना पक्राउ

पर्सा - वीरगंज महागरपालिका-१६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । सोही महानगरपालिका-१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा अवैध वित्तिय कारोवार(हुण्डी) भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले…