१२ वर्षपछि प्रहरीलाई सफलता, पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ

काठमाडौं – प्रहरीले पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनमा कार्यरत साहको हत्या भएको १२ वर्षपछि हत्यारा पक्राउ परेका हुन् । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति बाराको बारागढी नगरपालिका वडा नम्बर ६ (साविक गडहल गाविस ५) स्थित उनकै घरबाट पक्राउ गरेको बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले…