भारतीय अर्बपति अम्बानी जेल जानसक्ने

काठमाडौं– भारतीय अर्बपति अनिल अम्बार्नी जेल जानसक्ने भएका छन्। उनको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि यस्तो सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत वर्षको डिसेम्बर…