चिनियां भाषा बोल्ने रावतले पाए बेइजिङमा भारतीय राजदूतको जिम्मेवारी

नयां दिल्ली – भारतले चीनका लागी राजदूतमा प्रदीप कुमार रावतलाई नियुक्त गर्ने निर्णय गरेको छ । पूर्वी लद्दाखमा भारत र चीनबीच सीमा क्षेत्रमा तानव बढिरहेको बेला रावतको नियुक्ती हुनुलाई महत्वका साथ हेरिएको छ । रावत चीन मामिलाका जानकारका रुपमा चिनिन्छन् । भारतीय विदेश सेवाको १९९० ब्याचका अधिकारी रावत हाल नेदरल्याण्डमा भारतीय राजदूतका रुपमा कार्यरत छन्…