चिनियाँ राष्ट्रपतिलाई भण्डारीको पहिलो भिडियो सन्देश

काठमाडौं – पर्सिदेखि शुरु हुने चिनियाँ नयाँ बर्ष (मुसा बर्ष) २०२० को अवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारीले आफ्ना समकक्षी सि जिन्फिङ्गसहित त्यहाँका जनताको नाममा भिडियो सन्देश पठाएकी छन् । बुधबार दिउँसो शीतल निवासमा रेकर्ड गरिएको उक्त सन्देश ५ मिनेट ३० सेकेण्डको छ । टेलिप्रिन्टर विधिबाट पढिएको सन्देश दुई देशवीच परापूर्वकालदेखि चलिआएको मैत्रीपूर्ण असल छिमेकीपनका समग्र पक्ष…