काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले विश्वव्यापी महामारकिो रुपमा फैलिरहेको कोारनोमा भाइरसको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् । शुक्रबार कानून दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले महामारीबाट प्रभावित नेपालसहितका देशका अदालतहरूले सङ्कुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको बताएका छन् । ‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै…