बुटवल – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् । आज शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए…