काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुने चेतावनी दिएका छन् । शुक्रबार गृह मन्त्रालयमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिलाई बोलाएर उनले सामाजिक सद्भाव र सहिष्णुता सहितको राष्ट्रिय एकता कायम गर्न आग्रह गरे । व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधता…