लेखा समितिले खुट्याएको खोटको नालीबेली:सेनामा अर्बाैंको गडबडीले सेनापति बदनाम

काठमाण्डु - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाका सुरुआती दिन सैनिक संगठनका लागि सुखद रहे । संगठनभित्र कतिपय दीर्घकालीन सुधारका काम पनि भएका छन्, जसको नेतृत्व सेनापति थापाले नै लिए । तर, पछिल्ला केही महिनायता सेनापति थापाको नेतृत्व बदनाम भएको छ । बदनामको कारण बनेको छ, अर्बाैंको कारोबार हुने काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको खरिद प्रक्रियाको…