विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः नेपाली सेना

काठमाण्डु – नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ । मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई नजीक सुरक्षित स्थानमा पुर्‍याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले…