सैनिक फिल्ड अस्पताल सञ्चालन

महोत्तरी – नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिबास–६, ८, ९ र १३ नं वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो । अस्पताल मध्यपूर्वी पृतना हेडक्वाटरको संयोजन र सैनिक कल्याणकारी कोषको…