काठमाण्डु – प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वीकृति लिएरमात्र गर्न आग्रह गरेको छ। पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।…