निर्मला हत्या प्रकरणमा एसपी विष्टको स्पष्टीकरण गृह मन्त्रालय पुग्यो

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आज बुधबार स्पष्टीकरण बुझाएका छन् । विष्टले प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण आजै गृह मन्त्रालयमा पठाइएको प्रहरीले जनाएको छ । गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान…