काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका उपरथी नकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । पुस २६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीलाई बुधबार प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा…