काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध ब्याटिङ थालेको नेपालले पहिलो ओभरमा ४ रन बनाएको छ । भारतीय टीमका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका थिए । नेपाली टीमबाट कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ थालेका छन् ।