काठमाण्डु – महिला टी–२० सिरिजको उपाधिमाथि नेपालले कब्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुमा बलिङ गरेको थियो । मलेसियाले…