भीमदत्त नगरपालिकाको जैविक मार्गमा म्याराथन मार्च

महेन्द्रनगर–भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धर सहित हजारौ स्थानीय सहभागी भएका छन् । भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएका छन् ।…