मलाई बीच–बीचकाबाट खबर आउँथ्यो, राजा जहिले पनि उट्पट्याङ–उट्पट्याङ कुराहरु भन्थे । पहिले त मलाई प्रधानमन्त्री घोषणा गर्नलाई नै राजाले एक–डेढ महिना ढिलो गरे । त्यो मैले भनिसकेको छु । त्यसपछि पहिलो दिन राजाबाट सपथ–ग्रहण गराइसकेपछि जहिले पनि टेलिफोन गरेर आउन सक्नुहुन्छ भनेका थिए उनले । हप्तामा २ पटक जानैपथ्र्यो र मलाई बोलाउँथे । सपथ–ग्रहणपछि पहिलोपटक…