एजेन्सी – बलिउडका स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिँदैछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो ।…