काठमाण्डु - नायक पल शाहले पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यहरुको रिहाईको माग गरेका छन् । प्रहरीले सोमबार हाम्रो टिम नेपालले खाना पकाउने तथा खुवाउने ठाउँ खाली गर्ने क्रममा अनामनगरबाट टिमका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको छ। नायक पलले सामाजिक सञ्जालमार्फत पक्राउ परेकाको यथाशिघ्र रिहाईको माग गरेका…