गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाण्डु – गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । गायक सपुतले आफ्नो फेसबुक पेजमार्फत काठमाण्डु मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास…