काठमाण्डु – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । अभिनेता केसीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अभिनेता केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै…