राजीनामा दिन इमरान खानलाई दुई दिने ‘अल्टिमेटम’

इस्लामाबाद – पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ । विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको हो । विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख मानिस सहभागी भएको दावी गरेका छन् । मार्चमा सहभागी विपक्षी नेताहरुले प्रधानमन्त्री इमरान खानलाई २ दिनभित्रै राजीनामा दिनुपर्ने माग राखेका छन् ।…