काठमाण्डु- नेपाली सेनाको कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९ को शुभारम्भ भएको छ । भाद्र ०९ गतेदेखि १० गतेसम्म जङ्गी अड्डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को बिहिवार प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवाले शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले…