काठमाण्डु - सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि मापदण्डविपरीत सुरक्षाकर्मी खटाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै गृह मन्त्रालयले उनको सुरक्षामा डीएसपीको कमान्डमा एक दर्जन प्रहरी थपेको हो । गृहसचिव महेश्वर न्यौपानेले सचिवस्तरीय निर्णय गर्दै सुरक्षाकर्मी खटाउन निर्देशन दिएका छन् । सरकारको निर्णयलगत्तै नेपाल प्रहरीका डीएसपी विनोद घिमिरे एक दर्जन प्रहरीसहित खुमलटार पुगिसकेका…