काठमाडौं – पछिल्लो समय नेपाली सेनाले पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरेको एक वर्षमा सैनिक जवानदेखि उच्च अधिकृतसहित एक हजार ११७ जनालाई कारबाही गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २१६ जना सैनिकलाई कैद सजाय र १७५ जनाको बढुवा रोक्का…