सामान्य प्रशासन मन्त्रालयअगाडि कर्मचारीले दिनदिनै धर्ना दिन थालेपछि सुरक्षा कडा

काठमाडौं - अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसरअगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ। विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले…