काठमाण्डु- १९ औं एसियाली खेलकुद (एसियाड)का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ। दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ। करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक जितेकी छन्। एरिकाले ६८ केजी तौल समूहमा फाइनल प्रवेश…