विमानस्थलबाट सुन लुटपाट गर्ने ३ जना पक्राउ

काठमाण्डु – दुबईबाट तस्करी गरी ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तीनै जनालाई सिनामंगलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराई छन् । सिनामंगलका नजिर अन्सारीसँग रहेको सुनका गरगहना…