अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारीको परिचय दिएर बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चितवनको भरतपुर महानगरपालिका–१२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० राँझामा कोठा भाडामा लिएर बस्दै आएका मोहन कोइरालालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ…