टिकटकबाट पनि जुवा ! लाखौंको कारोबारमा संलग्न चारजना पक्राउ

काठमाण्डु - काठमाण्डु उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्दै विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेपछि प्रहरीले निगरानी बढाएको हो । उपत्यकाभित्र केही व्यक्तिले ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न…