भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतियोगी छनोट

काठमाण्डु- गायन रियालिटी शो ‘ द भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट चार प्रतियोगी छनोट भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एक जना प्रतिभा फाइनलका लागि छनोट भएका हुन्। फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन्। उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलको यात्रा सुरक्षित गरेका हुन् ।…